१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १५ आइतबार १९:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृह मन्त्रालयमा रास्वपाले दाबी नछाड्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १५ आइतबार १९:०५:००

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयमा अरू दलले दाबी गर्न नमिल्ने बताएको छ। केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री मुकुल ढकालले गृह मन्त्रालय स्वतः रास्वपाको भागमा पर्ने भएकाले अरू दलले दाबी गर्न नमिल्ने बताएका हुन्। 

उनले गठबन्धन दलहरूसँग यस विषयमा कुरा गरिने बताए। उनले सत्तागठबन्धनमा मन्त्रालय बाँडफाँटको समयमा गृह मन्त्रालय आफूहरूको पार्टीको भागमा परेको भन्दै त्यसमा गठबन्धन कायम रहनुपर्ने बताए। 

उनले बैठकले यस विषयमा गठबन्धनका दलहरूसँग छलफल गर्ने जिम्मेवारी पार्टी सभापति रवि लामिछानेलाई दिइएको जानकारी दिए। 

बैठकले आजै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएका लामिछानेलाई पार्टी सभापतिमा पुनः जिम्मेवारी दिएको थियो।