मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस काठमाडौँ
२०७९ माघ १५ आइतबार १३:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अनेरास्ववियुले महाधिवेशन प्रचारमा भित्तेलेखन नगर्ने

Read Time : < 1 मिनेट
रासस, काठमाडौँ
२०७९ माघ १५ आइतबार १३:३१:००

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आसन्न २३औँ राष्ट्रिय महाधिवेशनमा भित्तेलेखन नगरी डिजिटल माध्यमबाट प्रचारप्रसार गर्ने भएको छ ।

प्रचारप्रसार उपसमितिका संयोजक नरेश रोकायाका अनुसार प्रचार सामग्री बनाउँदा सहर फोहाेर हुने भएकाले सामाजिक सञ्जालका माध्यम फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटकलगायतबाट प्रचारप्रसार गरिनेछ । महाधिवेशन आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुनेछ ।

महाधिवेशनलाई सूचना प्रविधिमैत्री बनाउन डिजिटल सामग्री निर्माण गर्ने र  काठमाडौंका मुख्य स्थान त्रिपुरेश्वर, कलंकी, दरबारमार्ग, चाबहिलमा ‘डिजिटल डिस्प्ले’मार्फत प्रचार गरिने उनले बताए । जिल्ला कमिटीले आफ्ना जिल्लामा डिजिटल डिस्प्ले, स्थानीय रेडियो, पत्रपत्रिका र अनलाइनमार्फत प्रचारप्रसार गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।