१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
अध्यक्षकाे राजीनामा माग्दै क्यान केन्द्रीय सदस्यहरूले गरेकाे पत्रकार सम्मेलन । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२०७९ माघ १५ आइतबार १३:१२:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

क्यानका केन्द्रीय सदस्यले मागे अध्यक्षसहित पदाधिकारीको राजीनामा

Read Time : < 1 मिनेट
२०७९ माघ १५ आइतबार १३:१२:००

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्षसहितका पदाधिकारीको राजीनामा मागिएकाे छ । 

क्यानकै सात केन्द्रीय सदस्यले आज पत्रकार सम्मेलन गरी अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिका पाँच पदाधिकारीको राजीनामा मागेका हुन् । 

क्यानको कार्यसम्पादन समितिमा अध्यक्ष चन्दसहित सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यहरू दुर्गाराज पाठक र पदम खड्का छन् ।

पत्रकार सम्मेलनमार्फत केन्द्रीय सदस्यहरू ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले राजीनामा मागेका हुन् । 

उनीहरूले नेपाल टी– २० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको भन्दै पदाधिकारीको राजीनामा मागेका हुन् । उनीहरूले नेपाली टी– २० लिगको मुख्य दोषी क्यानको कार्यसम्पादन समिति र गभर्निङ काउन्सिलका सदस्य रहेको दाबी गरेका छन् । 

आ–आफ्ना पदबाट राजीनामा दिएर छानबिनमा सघाउन आग्रह गरेका उनीहरूले नेपाली क्रिकेटलाई जोगाउन दोषीलाई कारबाही गर्न जोडदार माग गरेका छन् ।  

उनीहरूले आयोजक कम्पनी सेभेन थ्री स्पोर्टस नै फिक्सिङमा संलग्न भएको पाइएकोले  मुख्य जिम्मेवार क्यान नेतृत्व भएको दाबी गरेका छन् ।