मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ माघ १५ आइतबार ११:३९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

विश्वमै पहिलोपटक २४० वाटको चार्जिङ प्रविधि ल्याउँदै रियलमी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ माघ १५ आइतबार ११:३९:००

टेक्नोलोजी ब्रान्ड रियलमीले आफ्नो आउँदो फ्लागसिप स्मार्टफोनमा दुई सय ४० वाटको चार्जिङ सपोर्ट हुने जनाएको छ । जुन अहिलेसम्मकै सबैभन्दा छिटो हो । योसँगै रियलमी विश्व मोबाइल उद्योगमै सबैभन्दा बढी पावरको चार्जिङ टेक्नोलोजी प्रदान गर्ने स्मार्टफोन ब्रान्ड हुने भएको छ ।

कटिङ एज चार्जिङ सोलुसनयुक्त यो नयाँँ प्रविधिले फोनलाई सुरक्षित र छरितो तरिकाले चार्ज गर्छ, जसले उपभोक्ताहरूलाई राम्रो अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । ९८.७ प्रतिशतको अत्यधिक उच्च पावर कन्भर्सन रेट भएको यस दुई सय ४० वाटको इनोभेटिभ चार्जिङ आर्किटेक्चरले लो भोल्टेजमा नै सुरक्षित तरिकाले चार्ज गर्न सक्ने बताइएको छ ।

रियलमीले संसारमै पहिलोपल्ट १२ एम्पियरको चार्जिङ केबलसमेत ल्याउँदै छ, जुन मोबाइल उद्योगमैै अहिलेसम्मको सबैभन्दा राम्रो र उच्च स्ट्यान्डर्डको रहेको कम्पनीको भनाइ छ ।