मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १५ आइतबार ११:२४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा धनगढीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १५ आइतबार ११:२४:००

हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्टले धनगढी–१३ मोहनपुर, गेटा, कैलालीमा नयाँ शाखा सञ्चानलमा ल्याएको छ । धनगढी शाखामा कम्पनीको ‘थ्री एस’ सेवाअन्तर्गत सेल्स, सर्भिस र स्पेयर पार्टपुर्जासम्बन्धी सम्पूर्ण सेवा प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

शाखा विस्तारसँगै हुन्डाईका एक्स्काभेटर, चट्टान तथा अरू हेभी पदार्थ फुटाउने ‘जिसुङ र रामर’ ब्रान्डका हाइड्रोलिक रक ब्रेकरहरू, ‘एमबी बकेट क्रसर’ पनि खरिद गर्न सकिनेछ । यससँगै निर्माण व्यवसायी तथा इक्विपमेन्ट अपरेटरहरूले भरपर्दो हेभी इक्विपमेन्ट किन्न टाढा जानुनपर्ने कम्पनीको भनाइ छ । साथै, हेभी इक्विपमेन्टको मर्मत तथा पार्टपुर्जा पनि धनगढी शाखाबाटै सहज रूपमा प्राप्त गर्न सकिनेछ ।

हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट नेपालको हेभी निर्माण उपकरण बजारमा महत्वपूर्ण हिस्सा ओगटेको कम्पनी हो । हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्टका उपकरण लामो समयदेखि निर्माण, युटिलिटी, उत्खनन एवं खानी उद्योगहरूका लागि प्रमुख इक्विपेमन्टका रूपमा रहँदै आएको कम्पनीको भनाइ छ ।