Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ माघ १५ आइतबार ०५:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकुटा महोत्सवमा सुरक्षाकर्मी र दर्शकबीच झडप, दर्जनौँ घाइते

Read Time : < 1 मिनेट
२०७९ माघ १५ आइतबार ०५:१८:००

धनकुटामा जारी पाँचौँ धनकुटा महोत्सवमा सुरक्षाकर्मी र दर्शकबीच झडप हुँदा दुई दर्जनभन्दा बढी घाइते भएका छन् । 

चर्चित गायक प्रमोद खरेलको प्रस्तुति हेर्न र स्कुटीको हाउजी विंगाे खेल्न हजारौँ दर्शक धनकुटा नपा– ५ मा रहेको तल्लोटुँडिखेलमा रहेको महोत्सव आयोजनास्थल पुगेका थिए ।

साँझ करिब आठ बजे महोत्सवस्थलमा दर्शक नअट्ने स्थिति बनेको थियो । हाउजीको टिकट सकिएपछि आयोजकले सुरक्षाकर्मीलाई गेटबन्द गर्न लगाउँदा बाहिर रहेका दर्शक र सुरक्षाकर्मीबीच प्रवेशद्वारमा झडप भएको हो ।

दर्शकले मूलगेट नै भत्काइदिएका छन् । मूलगेट भत्काएर महोत्सवस्थलमा बाहिरको भिड प्रवेश गरेपछि सुरक्षाकर्मीले लाठीचार्ज गरेको थियो । 

भागाभाग हुँदा सयौँ दर्शक घाइते भएको अनुमान गरिएको छ । घाइते हुनेहरूमा धनकुटाको महालक्ष्मी घर भई हाल धनकुटा नपा– ५ स्थित धनकुटा बोर्डिङमा युकेजीमा अध्ययनरत प्रकट श्रेष्ठ, आमा कुसुम श्रेष्ठ, मारेककटहरे घर भई धनकुटा बोर्डिङमा कक्षा– ६ मा अध्ययनरत श्रेया कटुवाल गम्भीर घाइते भएका छन् ।

ठेगाना नखुलेका ११ वर्षीय सुनील लिम्बू पनि गम्भीर घाइते भएका छन् । अन्य घाइतेहरूमा धनकुटा नपा– १ हिलेका विशाल तामाङ, उदीप राई, आइत राई, नन्दकुमार तामाङलगायत छन् । 

धनकुटा नपा– ७ का अन्सु सुवेदी, धनकुटा नपा– ७ शीतलपाटीका विनिता लिम्बू, धनकुटा नपा– ५ का शान्ता योगी, धनकुटा नपा– १० घर भएका प्रेम दाहाल पनि घाइते भएका छन् ।

घाइतेमध्ये २४ जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने केहीको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीले बताए ।