Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ माघ १४ शनिबार ०७:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरी हुँ भन्दै ठगी गर्ने एक युवक पक्राउ

Read Time : < 1 मिनेट
२०७९ माघ १४ शनिबार ०७:१२:००

लमजुङ प्रहरीले प्रहरी हुँ भन्दै ठगी गर्ने एक युवकलाई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोलीले मर्स्याङ्दी गाँउपालिका १ घनपोखराका ३५ वर्षीय जीवन गुरुङलाई पक्राउ गरेको हो । 

आफू प्रहरी भएको र विभिन्न स्थानमा जागिर लगाइदिने, प्रहरीमा परेका केशहरु मिलाईदिने भनी स्थानीयलाई ठगि गर्दै हिंडेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय लमजुङको टोलीले माघ १० गते पोखराबाट पक्राउ गरेको हो ।  

बेसीशहरमा डेरा गरि वस्ने गुरुङ विभिन्न महिलाहरुसंग  ७ लाख १७ हजार पाँच सय रुपैयाँ लिएर सम्पर्क विहिन भएका थिए । उनले जिल्ला प्रशासन कार्यालय, हुलाक कार्यालय र कृषि ज्ञान केन्द्रमा जागिर लगाइदिने र म प्रहरी हुँ, प्रहरीमा भएको केशहरु समेत मिलाईदिन्छु भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेका थिए ।

गुरुङ विरुद्ध प्रहरीमा उजुरी परेपछि लमजुङको प्रहरी टोलीले पोखरामा लुकिछिपि बसेको अवस्थामा प्रक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।

गुरुङलाई जिल्ला अदालत लमजुङबाट ठगी सम्वन्धी कसुरमा  पाँच दिनको म्याद थप गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरक्षक जगदिश रेग्मीले जानकारी दिए ।