मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ १३ शुक्रबार १०:३७:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

इन्डोर प्लान्ट्सको स्याहार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ १३ शुक्रबार १०:३७:००

कोठामा स्थिर तापक्रम : अधिकांश इन्डोर प्लान्ट्सले तापमानमा हुने उतारचढाव सहन सक्दैनन् । जाडोमा एकातर्फ हिटरले कोठा तताइरहेको हुन्छ, अर्कोतर्फ झ्यालबाट आउने हावाले चिसो बनाइरहेको हुन्छ ।

यस्तो अस्थिर तापक्रमले बिरुवालाई हानि गर्न सक्छ । त्यही कारण चिसोमा बिरुवालाई स्थिर तापक्रम हुने कोठामा लगेर राख्नुपर्छ । जाडोमा प्रायः बिरुवालाई प्रकाश प्राप्त हुने ठाउँमा राख्नुपर्छ । तर, कुन बिरुवालाई कति प्रकाश चाहिन्छ भन्ने जानकारी तपाईंले राख्नुपर्छ । किनकि, कतिपय बिरुवालाई अधिक समय सीधा प्रकाशमा राख्दा नोक्सानी पनि पुग्छ । 

सफा राख्नुस् : बिरुवालाई नियमित रूपमा सफा गर्नुपर्छ । विशेषगरी, जाडोका दौरान यो जरुरी छ । पातमा धुलो जम्दा त्यसका छिद्रहरू बन्द हुन सक्छन् । र, यही कारण बिरुवामा कीटाणु आउन सक्छ । त्यस्तै, क्षतिग्रस्त र रोगग्रस्त पातलाई हटाउनुपर्छ ।