मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस पाल्पा
२०७९ माघ १२ बिहीबार ११:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टिपर दुर्घटनामा चालकको मृत्यु

Read Time : < 1 मिनेट
रासस, पाल्पा
२०७९ माघ १२ बिहीबार ११:२५:००

पाल्पामा गएराति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ना.८ख ७९२४ नम्बरको टिपर दुर्घटना हुँदा चालक स्याङ्जाको गल्याङ नगरपालिका– १ राम्दीका २२ वर्षीय सरोज न्यौपानेको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार तिनाउँ गाउँपालिका– ५ केराबारीनजिकै सिद्धार्थ राजमार्गमा पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको टिपर सडकबाट करिब एक हजार तीन सय मिटर तल खसेको हो । दुर्घटनापश्चात् खोततलास गर्ने क्रममा न्यौपानेको शव आज बिहान तिनाउ खेलामा फेला परेको हो । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।