१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १० मंगलबार ११:२४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नयाँ हुन्डाई भेन्यु सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १० मंगलबार ११:२४:००

हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा नयाँ हुन्डाई भेन्यु सार्वजनिक गरेको छ ।पहिलेको मोडलमार्फत ग्राहकको रोजाइमा परेको हुन्डाई भेन्युकोे नयाँ र परिष्कृत मोडलले कम्प्याक्ट एसयुभीको प्रतिस्पर्र्धी बजारमा नयाँ आयाम स्थापित गर्ने विश्वास कम्पनीको छ ।

नयाँ भेन्युले आकर्षक डिजाइन, विशिष्ट सुविधा, असाधारण क्षमता र उच्चतम सुरक्षाका कारण विश्वव्यापी रूपमा आफ्नो फरक पहिचान बनाउन सफल भएको कम्पनीको दाबी छ ।  समयसापेक्ष प्रस्तुति र विभिन्न अत्याधुनिक विशेषतासहित तयार गरिएको हुन्डाई भेन्युले सबैको मन जित्ने कम्पनीको विश्वास छ । 

ई, एस र एसएक्स गरी तीनवटा भेरियन्टमा उपलब्ध रहेको नयाँ हुन्डाई भेन्युको प्रारम्भिक मूल्य ३९.९६ लाख रुपैयाँ छ । नेपाल सरकारले आयात प्रतिबन्ध खुकुलो पारेपछि नेपाली बजारमा लन्च भएको पहिलो गाडीमध्ये एक हुन्डाई भेन्युले अटोमोबाइल क्षेत्रमा नयाँ आशा र उत्साह सञ्चार गर्ने विश्वास कम्पनीको छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरमार्फत हुन्डाई गाडीको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको छ ।