मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस काठमाडौँ
२०७९ माघ ९ सोमबार १३:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ

Read Time : < 1 मिनेट
रासस, काठमाडौँ
२०७९ माघ ९ सोमबार १३:४५:००

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेको हो । उपाध्यक्षमा नियुक्त डा. श्रेष्ठलाई आजै आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । यसअघि पनि डा. श्रेष्ठले उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् ।