Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ माघ ९ सोमबार ०७:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एकीकृत समाजवादीमा बहस : कस्तो समाजवाद ?

नेपाली मोडेलको समाजवादको समग्र झल्को दिने गरी खाका तयार पार्न सुझाव

Read Time : < 1 मिनेट
२०७९ माघ ९ सोमबार ०७:२४:००

एकीकृत समाजवादीका केन्द्रीय पदाधिकारीले नेपाली मोडेलको समाजवादको समग्र झल्को दिने गरी खाका तयार पार्न सुझाव दिएका छन् । एकीकृत समाजवादीको दस्ताबेज मस्यौदा समितिसँग आइतबार भएको छलफलमा पदाधिकारीले समाजवादमा राजनीतिक दल कस्तो हुने, बहुदलीय प्रतिस्पर्धा हुने कि नहुने, राष्ट्रिय पुँजीमाथि बन्देज लगाउने कि नलगाउने, शासकीय प्रणाली कस्तो हुनेजस्ता विषय दस्ताबेजमा छुट्न नहुने सुझाव दिएका हुन् । 

सम्मानित नेता झलनाथ खनाल नेतृत्वको १३ सदस्यीय दस्ताबेज मस्यौदा समितिले अध्यक्ष माधवकुमार नेपालसहित पदाधिकारीसँग आइतबार छलफल गरेको हो । छलफलमा केदार न्यौपाने, जयन्ती राई, नागेन्द्र चौधरीलगायतले सुझाव दिएका थिए । पदाधिकारीले दस्ताबेजमा समेट्नुपर्ने विषयबारे सुझाव दिएको कार्यदल सदस्य सावित्रा भुसालले जानकारी दिइन । ‘दस्ताबेजमा समेट्नुपर्ने विषय यी हुन् भनेर पदाधिकारीले सुझाव दिनुभयो । हामीले टिपोट गरेका छौँ,’ उनले भनिन् । 

समाजवादमा कस्तो कार्यक्रम हुन्छ भन्ने विषयमा विस्तृत व्याख्यामा पदाधिकारीले जोड दिएको उनले जानकारी दिइन् । समाजवाद आइसकेपछिको अवस्थाबारे दस्ताबेजमा स्पष्ट हुनुपर्नेमा जोड दिनुभएको छ । राजनीतिक दलको अवस्था, शासकीय स्वरूप, राष्ट्रिय पुँजी के हुने, शिक्षा, स्वास्थ्य, खाद्य, आवास, उत्पादनको साधानमाथि श्रमिकको पहुँच कस्तो हुने भन्नेजस्ता विषय छुट्न हुँदैन भन्नुभएको छ,’ उनले भनिन्, ‘दुई प्रकारका शिक्षा नीति हुनु हुँदैन । सबैको पहुँचमा गुणस्तरीय शिक्षा हुुनुपर्छ । समाजवादीमा छुवाछुत हुनुभएन ।’