मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौंं
२०७९ माघ ८ आइतबार ०९:१६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

देशको राजनीतिमा एकीकृत समाजवादीको भूमिका बेग्लै छ : नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौंं
२०७९ माघ ८ आइतबार ०९:१६:००

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान राजनीतिक सन्दर्भमा आफ्नो पार्टीको बेग्लै भूमिका रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय मीनभवनमा रौतहट–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको समसामयिक राजनीतिक विषयमा प्रशिक्षण तथा सम्मान कार्यक्रममा नेपालले इमानदारिता, निष्ठा र समर्पण भावले राजनीति गर्नुपर्नेमा जोड दिए । 

नेपालको राजनीतिका साथै आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रको रूपान्तरण र परिवर्तन आवश्यक भएको उनको तर्क छ । ‘नेपाली राजनीतिमा देखापरेका विकृति, विसंगतिविरुद्ध जुध्ने संकल्पमा हामी प्रतिबद्ध छौँ । आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको महान् अभियान चलाउँदै नेपाली नमुनाको समाजवादमा अनेक अवरोध छन् । स्वयं सत्तामा बस्नेहरू नै अवरोधका रूपमा रहेका छन्,’ उनले भने, ‘ती विकृतिमा हामी पनि विभिन्न हिसाबले मुछिने गरेका छौँ । ती सबै विकृतिबाट मुक्त भएर हामीले उदाहरणीय काम गरेर दुनियाँसामु हाम्रो शिर ठाडो पार्ने गरी अघि बढ्नुपर्छ ।’

नेपालले कामको प्रचारमा पनि ध्यान दिन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । ‘आन्दोलनको प्रतिष्ठा बढाउने गरी जनताको आकर्षणको केन्द्र हामी नै हुन्छौँ । हामीले त्यस ढंगले काम गरेका छौँ । तर, हामीले कामको प्रचार गर्न सकेका छैनौँ । कामको व्यापक प्रचार गर्ने गरी अघि बढ्नुपर्छ । काम गर्छौँ हामी, जस लिन्छ अरूले, त्यसकारण अब हामी प्रचारमा पनि सचेत हुनुपर्छ,’ उनले भने ।