मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ माघ ८ आइतबार ०७:३३:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ माघ ८ आइतबार ०७:३३:००

हिउँदमै हिमालहरू नाङ्गा या काला पत्थर  मात्र देखिनुको अर्थ के हो ? 
यो ‘क्लाइमेट चेन्ज’ को असर हो । यसको असर हामीलाई मात्र नभई विश्वव्यापी रूपमा सबैतिर परेको छ । हाम्रो पर्यटन क्षेत्र पनि यसबाट व्यापक रूपमा प्रभावित छ । खासगरी हामीकहाँ आउने बढीभन्दा बढी बाह्य पर्यटक हिमाल हेर्नै आउँछन् । तर, हिमालमा हिउँ नै नभएपछि उनीहरूलाई देखाउने के ? यस वर्ष हिउँदे वर्षा नहुँदा एकातिर हिमालमा हिउँ छैन भने अर्कातिर हिउँदे बालीको उत्पादनमा पनि गम्भीर असर परेको छ । यो हामी सबैका लागि बडो चिन्ताको विषय हो ।  

यो स्थितिले नेपाली पर्यटन  क्षेत्रमा के असर पार्छ ?
यसले नेपाली पर्यटन क्षेत्रमा गम्भीर असर पार्छ । खासगरी ट्रेकिङ जाने पर्यटक हिमाल हेर्नै जाने हुन् । ट्रेकिङका लागि हामीकहाँ अहिले पनि खुम्बु र अन्नपूर्ण बेसक्यापलगायत क्षेत्र बढी चल्तीमा छन् । हामीले पश्चिमका अपी, सैपाल र पूर्वका मकालु, कञ्चनजंघातिर पनि पर्यटक पुर्‍याउन सक्नुपर्छ । अन्यथा, दीर्घकालीन रूपमा नेपाली पर्यटनमा गम्भीर असर पुग्न सक्छ । 

यो स्थितिमा सुधार ल्याउन केही गर्न सकिन्छ कि  हामी मूकदर्शक मात्र हौँ ?
राज्यले जलवायु परिवर्तनको विषयमा गम्भीर अध्ययन अनुसन्धान गर्नुपर्छ । पर्यटन क्षेत्रमा जलवायु परिवर्तनबारे समयमै सूचना दिन सक्नुपर्छ । यसका असरबाट जोगिन संयुक्त प्रयास जरुरी छ ।