१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ माघ ६ शुक्रबार २२:२७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बजेटरी सहायता बढाउन विश्व बैंकलाई अर्थमन्त्रीको आग्रह

Read Time : < 1 मिनेट
२०७९ माघ ६ शुक्रबार २२:२७:००

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैंकलाई आग्रह गरेका छन् । 

विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोससहितको प्रतिनिधि मण्डलसँगको भेटमा पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गरेका हुन् । 

पौडेलले चालु आर्थिक वर्षमा विश्व बैंकबाट बजेटरी सहायता प्राप्त हुने गरी विनियोजन भइ प्राप्तिका लागि आवश्यक पूर्व कार्यहरु  पुरा गर्न अर्थमन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । 

भेटमा उनले विश्व बैंकको सहायतामा सञ्चालित आयोजनाहरुमा देखिएका समस्याहरुको कारण पहिचान गरी समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले कमजोरी र गुनासा नआओस् भन्नेतर्फ आफूले ध्यान दिएको बताएका थिए ।

विभिन्न क्षेत्रमा विश्व बैंकले गरेको सहयोगको प्रशंसा गर्दै उनले माथिल्लो अरुण, ग्रामीण सडक लगायतका आयोजना नेपालको प्राथमिकतामा रहेको जानकारी  गराए । 

विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले पौडेलको कार्यशैलीप्रति आफू जानकार र प्रभावित रहेको भन्दै विश्व बैंकको सहायतामा सञ्चालित आयोजनाहरू प्राथमिकतामा पर्ने विश्वास व्यक्त गरे । 
उनले विश्व बैंकको सहायतामा सञ्चलित आयोजनाहरुमा देखा परेका समस्याहरु समाधानका लागि सहजीकरण गर्न पौडेललाई आग्रहसमेत गरेका थिए ।