मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ६ शुक्रबार १५:५१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

स्वावलम्बन लघुवित्तको २२औँ वार्षिकोत्सव समारोह सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ६ शुक्रबार १५:५१:००

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको २२औँ वार्षिकोत्सव सम्पन्न भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यता तथा सञ्चालक समिति अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङको सभापतित्वमा समारोह काठमाडौंमा सम्पन्न भएको हो ।

समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चौधरीले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट वित्तीय संस्थाको रूपमा सदस्यलाई लघुवित्त सेवा पुर्‍याएको उल्लेख गर्दै २२औँ वार्षकोत्सवले थप ऊर्जाका साथ कार्यक्षेत्रमा लाग्न शुभकामना दिइन् । लघुवित्तले सदस्य तथा विपन्न परिवारको आर्थिक तथा सामाजिक अवस्थालाई सुधार गरेका प्रसस्त उदाहरण हुँदाहुँदै पनि हाल लघुवित्तमा देखिएका गैरकानुनी र नीतिविपरीतका गतिविधिले समस्याको समाधान नहुने र सदस्यलाई अझै अप्ठ्यारोमा पारेको उनको भनाइ थियो ।

समारोहमा सांसद तथा लघुवित्त अभियन्ता लीलानाथ श्रेष्ठले गरिबी न्यूनीकरणमा लघुवित्तको प्रभावकारी भूमिका रहेको बताए । त्यस्तै, सांसद तथा लघुवित्त अभियन्ता योगेन्द्र मण्डलले लघुवित्तको मर्म र उद्देश्यअनुरूप चल्न सके लघुवित्तको सार्थकता हुने बताए ।

नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि सिवाकोटीले लघुवित्तले मुलुकको गरिबी निवारणमा पुर्‍याएको योगदान नजरअन्दाज गर्न नमिल्ने र महिला सशक्तीकरणमा उत्कृष्ट प्ल्याटफर्म लघुवित्तले प्रदान गरेको जिकिर गरे । 

सञ्चालक समितिका अध्यक्ष तथा समारोहका सभापति डा. सुमित्रा मानन्धर गुरुङले लघुवित्त गरिबी निवारणको उपयुक्त अस्त्र भएकाले यसको स्वस्थ विकास र विस्तारमा जोड दिनुपर्ने बताइन् ।

प्रमुख कार्यकारी अधिकृत नरेन्द्रसिंह विष्टले समारोहमा उपस्थितलाई स्वागत गर्दै वित्तीय संस्थाले हाल सातै प्रदेशका ६१ जिल्लामा रहेका १४५ शाखा कार्यालयबाट दुई लाख ६३ हजारभन्दा बढी घरपरिवारलाई प्रत्यक्ष सेवा पुर्‍याएको बताए ।