Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका नयाँ पत्रिका
२०७९ माघ ६ शुक्रबार ११:१०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई र नीलकण्ठ नगरपालिकाबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ पत्रिका
२०७९ माघ ६ शुक्रबार ११:१०:००

ग्लोबल आइएमई बैंक लिमिटेड र नीलकण्ठ नगरपालिकाबीच उद्यमशीलता कार्यक्रमअन्तर्गत नगरवासीलाई उद्यमी तथा स्वरोजगार कर्जा लगानीमा ब्याज अनुदान उपलब्ध गराउनेसम्बन्धी समझदारी भएको छ । समझदारीपत्रमा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगाना र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गरेका हुन् ।  

समझदारीअुनसार बैंकले नीलकण्ठ नगरपालिकाको मेयर उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम लिएका नगरवासीलाई व्यावसायिक बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, माछापालन, विभिन्न फलफूलहरूको उत्पादनलगायत अन्य लघु उद्यमहरू गर्न नगरपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने जनाइएको छ ।

यो समझदारीले निर्वाहका लागि मात्र कृषि व्यवसाय गरिरहेका कृषकलाई उद्यमी बनाउन पुँजीलगायत प्राविधिक सीप आर्जन गरी आफ्नो व्यवसाय विस्तार एवं विकास गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरेको बैंकले जनाएको छ । उक्त अवसरमा बैंकले वित्तीय साक्षरता कार्यक्रमसमेत आयोजना गरेको जनाइएको छ । 

बैंकले हाल देशका ७७ वटै जिल्लामा तीन सय ६५ शाखा, तीन सय ६७ एटिएम, दुई सय ८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयका साथै तीनवटा विदेशस्थित सम्पर्क कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।