१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ५ बिहीबार १३:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसकै कारण यसअघि राष्ट्रपति चयन सर्वसम्मत नभएकाे हाे : योगेश भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ५ बिहीबार १३:१३:००

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपाली कांग्रेसकै कारण ०७४ सालमा राष्ट्रपति चयन सर्वसम्मत रूपमा हुन नसकेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ०७२ सालमा संविधान बनेपछि सर्वसम्मत रूपमा राष्ट्रपति चयन हुनुपर्ने भए पनि कांग्रेसकै कारण सर्वसम्मत हुन नसकेको बताए । इतिहास हेर्ने हो भने कांग्रेस सबैभन्दा बढी लाभ लिने र अरूलाई हस्तान्तरण नगर्ने दलको रूपमा रहेको भट्टराईको दाबी छ ।

‘२०७२ को संविधान बनाउँदा के भनिएको थियो, बनेपछि आज के भयो त्यो पनि सम्झिनुपर्छ । अहिले राष्ट्रपति विद्यादेवी भण्डारी सर्वसम्मत चुनिनुभएको होइन । हाम्रो अपेक्षा सर्वसम्मत चुनिनुपर्छ भन्ने थियो । यसको हेक्का हुनुपर्छ, कसको कारणले भएन । त्यो वेला नै सर्वसम्मत हुनुपर्दथ्यो,’ उनले भने ।

सांसद भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कांग्रेसलगायत सबै दलहरूले मुटुबाट विश्वासको मत दिएको भए सभामुखका उम्मेदवार देवराज घिमिरेलाई पनि निर्वाचित गर्न आग्रह गरे ।