मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ५ बिहीबार ११:०१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइबिएल ग्रोथ फन्ड योजनाको बाँडफाँट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ५ बिहीबार ११:०१:००

एनआइबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआइबिएल म्युचुअल फन्डअन्तर्गतको ‘एनआइबिएल ग्रोथ फन्ड’ योजनाको १० रुपैयाँ अंकित दरको १६ करोड एकाइ बाँडफाँट भएको छ । पुस ७ देखि २१ गतेसम्म सार्वजनिक रूपमा बिक्री आह्वान गरिएको उक्त योजनाको बाँडफाँट सम्पन्न भएको हो । 

एनआइबिएल ग्रोथ फन्डको १६ करोड एकाइमध्ये बीजपुँजीबापत १ प्रतिशत अर्थात् १६ लाख एकाइ योजना व्यवस्थापक एनआइबिएल एस क्यापिटल तथा १९ प्रतिशत अर्थात् तीन करोड चार लाख एकाइ कोष प्रवद्र्घक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका लागि गरी तीन करोड २० लाख एकाइ छुट्याइएको क्यापिटलले जनाएको छ । 

बाँकी रहेको १२ करोड ८० लाख एकाइका लागि आवेदन मागिएकोमा तोकिएको अवधिभित्र ४२ लाख ६० आवेदकले नौ करोड ९३ लाख ६७ हजार नौ सय एकाइका लागि मात्र रीतपूर्वक आवेदन परेकाले जनाइएको छ ।

जसअनुसार योजनाको आकार जम्मा एक अर्ब ३१ करोड ३६ लाख ७९ हजार रुपैयाँ हुने भएको र योजना व्यवस्थापक एनआइबिएल एस क्यापिटलले बीजपुँजीको रूपमा ६३ लाख २१ हजार रुपैयाँ थप गरी रीतपूर्वक आवेदन दिने सबैलाई मागअनुसारको एकाइ दिँंदै योजनाको आकार एक अर्ब ३२ करोड रुपैयाँ कायम गरिएको क्यापिटलले जनाएको छ ।