Skip This
काठमाडौं प्रहरी प्रमुख एसएसपी कार्कीले सम्हाले जिम्मेवारी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
कमलराज भट्ट काठमाडौं
Invalid date format २२:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं प्रहरी प्रमुख एसएसपी कार्कीले सम्हाले जिम्मेवारी

कानुनी शासनको महसुस हुनेगरी काम गर्नेछु

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:३७:oo

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले पदभार ग्रहण गरेका छन् । 

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी कार्की २८ पुसमा काठमाडौं जिल्लाको प्रमुख पदमा सरुवा भएका थिए । 

प्रहरी प्रधान कार्यालयबाट काठमाडौं जिल्लाको जिम्मेवारी पाएको ६ दिनपछि एसएसपी कार्कीले बुधबार बिहान टेकुस्थित परिसरको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । कार्यालयमा प्रहरी अधिकारीले कार्कीलाई स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्दै एसएसपी कार्कीले अपराध नियन्त्रण, जनताको जिउधनको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताए । प्रहरी कर्मचारीको मनोबल बढाउने र परिणाममुखी कार्यसम्पादनमा आफूकेन्द्रित हुने उनको भनाइ थियो । 

‘नेपालको संविधान प्रचलित ऐन कानुनको पूर्ण परिपालना गर्दै मुलुकको राजधानीको सार्वजनिक सुरक्षा शान्ति र अमनचयन कायम राख्न सम्पूर्ण प्रहरी कर्मचारीलाई परिचालन गर्दै हरपल निष्ठापूर्वक प्रयत्नरत रहनेछु । अपराध नियन्त्रण र अनुसन्धानमा व्यावसायिकता र कानुनको कार्यान्वयनको माध्यमले कानुनी शासनको महसुस हुने गरी काम गर्नेछु,’ उनले प्रतिबद्धता जनाए, ‘अग्रजहरू तथा प्रहरी महानिरीक्षकको निर्देशनका साथसाथै मानव अधिकारका अन्तर्राष्ट्रिय मूल्य मान्यताअनुरूप न्याय निष्पक्षता र समानताका साथ काम गर्नेछु ।’ 

मातहतका प्रहरी इकाइहरूको कमान्डरको कार्यक्षमताका आधारमा मूल्यांकन गर्दै कामको परिणामको आधारमा मूल्यांकन गरिने उल्लेख गर्दै एसएसपी कार्कीले मातहत इकाइ प्रमुखलाई उच्च व्यावसायिकताका परिणाममुखी काम गर्न निर्देशन दिए ।