मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ माघ ४ बुधबार ०९:१२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई पेबाट मोबाइल रिचार्जमा ५ प्रतिशत क्यासब्याक

Read Time : < 1 मिनेट
२०७९ माघ ४ बुधबार ०९:१२:००

आइएमई पेले मोबाइल रिचार्जमा ५ प्रतिशतसम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ । यसभन्दा अघि ल्याइएको उक्त अफर ग्राहकको उच्च मागका कारण पुनः सुरु गरिएको छ ।

यस अफरमार्फत प्रयोगकर्ताले आइएमई पे एप दर्ता गरेको मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक र अन्य कुनै मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाउने कम्पनीले जनाएको छ । 

हालसम्म ४० लाखभन्दा बढी प्रयोगकर्तालाई विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आइरहेको आइएमई पेले यो अफर आफ्ना सम्पूर्ण ग्राहकलाई समर्पित गरेको जनाएको छ । प्रयोगकर्ताले एक महिनाको समय अन्तरालमा मोबाइल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम एक सय रुपैयाँ क्यासब्याक पाउन सक्ने जनाइएको छ ।