मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ माघ ३ मंगलबार २०:१२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गोदावरीमा ५५ वर्षपछि एडभान्स स्काउट तालिम

Read Time : > 1 मिनेट
२०७९ माघ ३ मंगलबार २०:१२:००

ललितपुरको गोदावरीमा ५१औँ उडवायज तथा ४४औँ गर्ल्स स्काउट एडभान्स तालिम सुरु भएको छ । मंगलबारदेखि सुरु भएको तालिमको उदघाटन गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गरे । 

५१ जना प्रशिक्षार्थी रहेको यो तालिम ०२४ यता झन्डै ५५ वर्षसम्म रोकिएको थियो । लामो समयपछि भएको यो तालिम स्काउटका अन्य तालिमभन्दा ठूलो तालिम मानिन्छ । 

तालिममा, उपत्यका, मकवानपुर, धादिङ, काभ्रेपलाञ्चोकलगायत जिल्लाका प्रशिक्षार्थीहरू सहभागी छन् । स्काउटको नेतृत्व विकासको लागि एडभान्स तालिम आयोजना गरिएको स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक पपिन्द्रमान सिंहले बताए । 

उनका अनुसार पिटिसी र बिटिसी तालिम कोर्सको लागि विभिन्न प्रशिक्षकहरू आएका छन् । स्थानीय स्काउट कार्यालय गोदावरी नगरपालिकाद्वारा आयोजित उक्त तालिमपछि स्काउटलाई स्कुल स्कुलमा लैजाने उद्देश्य राखिएको आयोजकले जनाएको छ । 

‘सेवामूलक र निष्ठाको काम गर्ने संस्था हो, आपद्विपदमा यो संस्थाले गरेका उल्लेखीय काम छन्,’ उनले भने, ‘अब स्काउटलाई बागमती प्रदेशभर सक्रिय बनाउन आवश्यक छ ।’ उनले स्काउटका कार्यक्रम स्थानीयस्तर र स्कुलहरूमा लैजाँदा प्रभावकारी हुने बताए । 

उदघाटन कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका मेयर तथा स्काउट संरक्षक गजेन्द्र महर्जनले स्काउटालाई सीप तालिम र ज्ञान दिन आवश्यक रहेको बताए । उनले नगरपालिकाले लामो समयदेखि स्काउटका गतिविधि गर्दै जाने बताउँदै यसबारे प्रशिक्षार्थीहरू जिम्मेवार हुनुपर्ने पनि बताए । 

गोदावरी नगरपालिका– २ का वडाध्यक्ष राज घिमिरेले स्काउट समाजसँग हातेमालो गर्ने संस्था भएकोले आपत् विपद्को घडीमा यो संस्थाको प्रभावकारी भूमिका रहँदै आएको बताए । 

‘स्काउट सामाजिक र परोपकारी संस्था पनि हो, यसले सबैको भलो गर्छ,’ उनले भने, ‘त्यसकारण यसका गतिविधि र जनशक्ति पनि तालिमप्राप्त हुनुपर्छ ।’ 

हाल उपत्यकामा ककनी क्षेत्रमा स्काउटले तालिम तथा क्षमता अभिवृद्धिमूलक कार्यक्रम गर्दै आइरहेको छ । अब बागमती प्रदेशअन्तर्गत ललितपुरको गोदावरी क्षेत्रमा तालिम तथा अन्य प्रशिक्षण आयोजना गरिने बागमती प्रदेश स्काउट कार्यालय हेटौँडाले जनाएको छ ।