मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ३ मंगलबार ११:१७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

खड्काले जिते बुटवल–भैरहवामा नेक्सन इभी रेन्ज टेस्ट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ३ मंगलबार ११:१७:००

नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सको सहआयोजनामा बुटवल–भैरहवामा भएको ‘नेक्सन इभी रेन्ज टेस्ट २०२३’ प्रदर्शनात्मक प्रतियोगिता सुवास खड्काले जितेका छन् । उनले यसअघि काठमाडौंमा भएको प्रतियोगितामा सलिम श्रेष्ठले निकालेको तीन सय ४७ किलोमिटर रेन्जलाई ७६ को उत्कृष्टबाट आवर निकाल्दै तीन सय ९७ किलोमिटर रेन्ज निकालेका हुन् । 

नेक्सन इभी रेन्ज टेस्ट २०२३ नाम दिइएको यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकको उल्लेख्य एवं उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ । त्यस्तै, तीन सय ८७ किमि रेन्ज निकालेर गोपाल शर्मा दोस्रो भएको जनाइएको छ । तेस्रो हुने सुबोध भट्टराईले तीन सय ७८ किलोमिटर रेन्ज निकालेको कम्पनीले जनाएको छ । कार्यक्रममा सहभागीमध्ये २२ जनाले तीन सय किलोमिटरभन्दा बढी रेन्ज निकालेको जनाइएको छ । 

कार्यक्रम सिप्रदी ट्रेडिङ पथरडाँडाबाट सुरु भई भैरहवाको बुद्ध चोक, देवकोटा चोक, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदैै बुटवल बजार परिक्रमा गरी सिद्धार्थ कटेजमा पुगेर समापन गरिएको थियो । कार्यक्रममा ४० भन्दा बढी नेक्सन इभीको सहभागिता रहेको जनाइएको छ । 

कार्यक्रममा उत्कृष्ट तरिकाले विद्युतीय सवारीलाई अधिकतम रेन्जका आधारमा विद्युतीय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीलाई श्रेष्ठताका आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवं प्रशंसापत्र प्रदान गरिएको कम्पनीले जनाएको छ । प्रथम हुने खड्काले पदक र प्रमाणपत्रका साथ सामसङ स्मार्ट एलइडी टिभी जितेको जनाइएको छ । त्यस्तै, दोस्रो हुने शर्माले सामसङ ओभन तथा तेस्रो हुने भट्टराईले एयर फ्रायर जितेको कम्पनीले जनाएको छ । 

विद्युतीय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवं आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावबारे जनचेतना फैलाउने र विद्युतीय गाडीप्रति ग्राहक वर्गको द्विविधालाई हटाई यसबाट मिल्ने सुविधाका बारेमा विश्वस्त बनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्यासेन्जर भेहिकल प्रमुख शावन्तजंग सिजापतीले जानकारी गराए ।