१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ माघ ३ मंगलबार ११:११:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

टिभिएसले पायो उत्कृष्ट फिचर तथा उत्कृष्ट कम्प्युटर अवार्ड

Read Time : < 1 मिनेट
२०७९ माघ ३ मंगलबार ११:११:००

हालै सम्पन्न टेकलेख अवार्डमा टिभिएस रेडरले उत्कृष्ट कम्प्युटर तथा टिभिएस अपाचे आरटिआर १६० फोभीले उत्कृष्ट फिचर अवार्ड प्राप्त गरेको छ । टेकलेखले जारी गरेको विज्ञप्तिअनुसार रेडरमा भएका सुधारहरूका आधारमा यो वर्ष पनि रेडरले यो अवार्ड प्राप्त गर्न सफल भएको हो ।

गत वर्ष पनि रेडरले टेकलेखका साथमा आइएमओटिवाई—२०२२ र अटो कार अवार्डहरू पाएको कम्पनीले जनाएको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार रेडरको किफायती मूल्य, स्टाइल, र अपडेटेड फिचरहरूका कारण बाइकले अवार्ड पाएको हो । टिभिएस रेडर १२५ मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेबल मोनोसक सस्पेन्सन, युएसबी चार्जिङ, अन्डर सिट स्टोरेज र फराकिलो टायरलगायतका विशेषता उपलब्ध रहेको जनाइएको छ । साथै, यसमा रहेका आकर्षक नयाँ एलइडी हेडलाइट, एंगुलर एलइडी डिआरएलहरू तथा फेन्डर अप फ्रन्टले समग्र बाइकको लुक्सलाई अझ आकर्षक बनाएको कम्पनीको दाबी छ ।

एयर आयल कुल्ड एसआई कार्बेरेटर इन्जिन रहेको यस बाइकले सात हजार पाँच सय आरपिएममा १२.९ पिएस शक्ति उत्पादन गर्ने र ६ हजार आरपिएममा ११.५ एनएम अधिकतम टर्क उत्पादन गर्ने जनाइएको छ ।  त्यस्तै, निरन्तर सुधार गरेका फिचरहरूको गुणस्तरले गर्दा अपाचेले अवार्ड प्राप्त गर्न सफल भएको जनाइएको छ । रिडिजाइन्ड डिएलआर, राइडिङ मोड, ग्लाइड थ्रु ट्राफिक, रेसिङ डिएनएजस्ता फिचरहरूले गर्दा नै यस बाइकले टेकलेखको उत्कृष्ट फिचर अवार्ड प्राप्त गरेको कम्पनीको दाबी छ ।

 नेपालमा टिभिएसका दुईपांग्रे सवारीसाधनका लागि एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले देशभरमा एक सय ४० भन्दा बढी डिलरहरूमार्फत गुणस्तरीय उत्पादनहरू, बिक्रीपश्चात्को सेवा र देशभर जगेडा पार्ट—पूर्जाहरूको उपलब्ध गराइरहेको जनाएको छ ।