१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ३ मंगलबार ११:०८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल लाइफको डिजिटल धमाका अभियान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ३ मंगलबार ११:०८:००

जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान सञ्चालनमा ल्याएको छ । कम्पनीले सूचना प्रविधिको विकासक्रमसँगै आफ्ना ग्राहक तथा अभिकर्तालाई साक्षात्कार गराउने उद्देश्यसहित यो अभियान सञ्चालनमा ल्याइएको हो । 

अभियानको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सुरुवात गरेको जनाइएको छ । सूचना प्रविधिमा आएको आमूल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउँदै गर्दा प्रविधिसँगै अघि बढ्ने योजनासहित अभियान सुरु गरेको कम्पनीले उल्लेख गरेको छ । अभियानअनुसार माघ महिनाभरि बिमा शुल्कको नवीकरण गर्दा अनलाइन माध्यमबाट भुक्तानी गर्ने ग्राहकलाई विभिन्न उपहारको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

भुक्तानी सेवाप्रदायक खल्तीबाट बिमाको नवीकरण शुल्क भुक्तानी गर्नेमध्येबाट हरेक हप्ता एकजना भाग्यशाली विजेतालाई इयरबड्स प्रदान गरिने जनाइएको छ । त्यस्तै, पहिलोपटक खल्तीको प्रयोग गरी बिमा शुल्कको नवीकरण गर्ने सम्पूर्ण ग्राहकलाई एक सय रुपैयाँ क्यासब्याक प्रदान गरिने कम्पनीले जनाएको छ ।

प्रविधिको अधिकतम प्रयोग गर्दै कम्पनीले बिमा शुल्क नवीकरणका लागि विभिन्न भुक्तानी सेवाप्रदायक इसेवा, खल्ती, फोनपे, कनेक्ट आइपिएस, आइएमईपे र प्रभुपेसँग सम्झौता गरेको जनाएको छ । ग्राहकले घरै बसी–बसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको कम्पनीले उल्लेख गरेको छ । अभियान सुरु गर्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले घरबाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुका साथै कारोबारसमेत सुरक्षित हुने विश्वास व्यक्त गरेका थिए । आगामी दिनमा कम्पनीलाई झन् प्रविधिमैत्री बनाई ग्राहकलाई छिटो–छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्न कम्पनी लालायित रहेको उनको भनाइ थियो । 

०७९ असोज मसान्तसम्ममा यस कम्पनीको लगानी एक खर्ब ४९ अर्ब ७६ करोड रुपैयाँ रहेको जनाइएको छ । त्यस्तै, जीवन बिमा कोष एक खर्ब ४२ अर्ब नौ करोड रुपैयाँ र सेयरधनी कोष ११ अर्ब तीन करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीले जनाएको छ । हाल कम्पनीमा दुई लाख १२ हजारभन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको कम्पनीको दाबी छ । कम्पनीले देशभर फैलिएका एक सय ९७ कार्यालयमार्फत जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको जनाएको छ ।