मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ३० शनिबार १७:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी नेता पुन अस्पताल भर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ३० शनिबार १७:२९:००

माओवादी उपमहासचिव वर्षमान पुन स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।  

पार्टीका विभिन्न कार्यक्रम तथा माघी पर्व मनाउन गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं फर्किएका पुन उपचारका लागि सुमेरु अस्पताल भर्ना भएका छन् । उनी केही दिनदेखि रोल्पामा थिए । 

स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई हेलिकोप्टरबाट सुमेरु अस्पताल ल्याइएको उनको सचिवालयले जनाएको छ। 

उनी पछिल्लो केही वर्षदेखि जन्डिस रोगबाट पीडित छन् । निरन्तर स्वास्थ्यमा समस्या आएपछि केही महिनाअघि लामो समय चीनमा उपचार भएको थियो । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलगत्तै पनि उनी स्वास्थ्य परीक्षणका लागि चीन गएका थिए ।