१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ पौष ३० शनिबार १३:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्यमा समस्या देखिएपछि वर्षमान रोल्पाबाट काठमाडौं फिर्ता

Read Time : < 1 मिनेट
२०७९ पौष ३० शनिबार १३:५७:००

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि गृहजिल्ला रोल्पाबाट हेलिकोप्टरमा काठमाडौं फर्किएका छन् ।

शनिबार रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रमका लागि सुनछहरी गाउँपालिकाको पोबाङ पुगेका पुनको स्वास्थ्यमा जटिलता देखिएपछि हेलिकोप्टरबाट काठमाडौं फर्किएका हुन् । शुक्रबार उक्त फाउन्डेसनको आयोजनामा होलेरीमा न्यानो कपडा वितरण कार्यक्रममा सहभागी भएका पुन शनिबार बिहान सुनछहरी गाउँपालिकामा वितरण गरेपछि दिउँसो पौने २ बजे काठमाडौं फर्किएका हुन् ।

शनिबार नै लुंग्री गाउँपालिकामा आयोजित विपन्न परिवारलाई ब्ल्यांकेट वितरण गर्ने कार्यक्रममा भने उनी सहभागी हुन सकेनन् । जन्डिस रोगबाट पीडित पुनको स्वास्थ्यमा समस्या देखिएपछि उक्त कार्यक्रममा सहभागी नभइ काठमाडौं फर्किएका छन् ।