मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन गुरुङ संखुवासभा
२०७९ पौष २९ शुक्रबार २०:०१:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आंगबुरा कप : चार क्लब सेमिफाइनल प्रवेश

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७९ पौष २९ शुक्रबार २०:०१:००

संखुवासभाको धर्मदेवी नगरपालिकामा आयोजित टुबोर्ग पाँचौँ आंगबुरा कप सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा चार वटा क्लब प्रवेश गरेको छ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित धर्मदेवी–७ स्थित स्थानीय खेलमैदानमा जारी फुटबल प्रतियोगितामा शुक्रबार दाजुभाइ र्स्पाेटिङ क्लब उर्लाबारी, हाङथुङ क्लब, पञ्चाकन्या क्लब र खाँदबारी युथ क्लब गरी चारवटा क्लबले प्रवेश गरेको छ। 

दाजुभाइ स्र्पोटिङ क्लब उर्लाबारी र चेवा सामुदायिक विकास क्लबबीच भएको खेलमा ३–१ ले दाजुभाइ सेमीफाइनलमा प्रवेश गरेको हो। 

त्यसैगरि मिरमिरे युवा क्लबलाई हाङथुङ क्लबले १ को विरुद्ध ३ गोल गर्दै सेमिफाइनल प्रवेश गरेको हो भने रियल लसुने क्लब तेह्रथुम र पञ्चाकन्या क्लबबीच भएको खेलमा १ को विरुद्ध २ गोल गर्दै सेमिफाइनलमा पुगेको हो। त्यसैगरि खाँदबारील युथ क्लबले किरणज्योति युथ क्लबलाई ३–० ले हराउँदै अगाडी बढेको हो। 

उक्त प्रतियोगिता जिल्लाभित्र र बाहिरका गरि १२ वटा नाम चलेका क्लबहरुले सहभागिता जनाएका छन्। प्रतियोगिताको विजेताले उपाधि सहित नगद १ लाख १ हजार १०५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१ हजार १०५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। बुधबारदेखि सुरु भएको प्रतियोगिता माघ १ गते अर्थात आइतबार समापन हुनेछ।