मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २९ शुक्रबार १३:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अनेरास्ववियुको महाधिवेशन फागुनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २९ शुक्रबार १३:३५:००

एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को राष्ट्रिय महाधिवेशन फागुनमा हुने भएको छ । आगामी फागुन २ देखि ४ गतेसम्म २३औँ महाधिवेशन गर्ने निर्णय भएको अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महाधिवेशनअघि माघ १५ भित्र अधिवेशन हुन बाँकी कमिटीको अधिवेशन गर्न भनिएको छ । महाधिवेशनका लागि माघ २५ गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गरी केन्द्रमा पठाउनसमेत भनिएको छ । 

महाधिवेशनका लागि अध्यक्ष बरालको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव समिक बडालको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति र कोषाध्यक्ष जेनिश लामाको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ ।