१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ पौष २९ शुक्रबार ११:४६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सानिमा बैंकको भिसा कार्ड प्रयोगकर्तालाई छुट

Read Time : < 1 मिनेट
२०७९ पौष २९ शुक्रबार ११:४६:००

सानिमा बैंकले सानिमा भिसा कार्ड प्रयोगकर्तालाई विभिन्न मर्चेन्टहरूमा विशेष छुट उपलब्ध गराउने व्यवस्था गरेको छ । बैंकले आफ्नो भिसा कार्डमार्फत भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुट पाउन सक्ने व्यवस्था मिलाएको हो ।

काठमाडौं, ललितपुर, भैरहवा, वीरगन्ज, चितवन र पोखराको तीन सय ३२ मर्चेन्टहरूमा छुट उपलब्ध हुने बैंकले जनाएको छ । आफूले सहकार्य गरेका मर्चेन्टहरूको विवरण र पाउने छुट वेबसाइटमा रहेको बैंकले उल्लेख गरेको छ ।

 हाल बैंकले देशका सातै प्रदेशमा एक सय ३० कार्यालय तथा एक सय २३ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।