मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ पौष २९ शुक्रबार १०:३४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

लुम्बिनीमा सभामुखको निर्वाचन ३ माघमा

Read Time : < 1 मिनेट
२०७९ पौष २९ शुक्रबार १०:३४:००

लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन ३ माघमा हुने भएको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गरी प्रदेश सभाको पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख र उपसभामुख निर्वाचन हुन लागेको हो ।

संविधानको धारा १८२ को उपधारा र लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ७ बमोजिम सभामुख र उपसभामुखको निर्वाचन हुन लागेको हो ।

त्यसका लागि २ पुसको दिउँसो १ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । सोही दिन साढे ५ बजे उम्मेदवारको सूची प्रकाशन गरिनेछ भने ३ माघमा दिउँसो १ बजे मतदान हुनेछ ।