मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २९ शुक्रबार ०७:३८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

अनेरास्ववियुमा पहिले स्ववियु कि महाधिवेशन भन्नेमा विवाद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २९ शुक्रबार ०७:३८:००

एमालेनिकट अनेरास्ववियुमा महाधिवेशनको समयलाई लिएर विवाद चर्किएको छ । एउटा समूह लामो समयदेखि हुन नसकेको स्ववियु चुनाव ५ चैतमा सम्पन्न गरी मसान्तभित्र महाधिवेशन गर्नुपर्ने अडानमा छ भने अर्को फागुन पहिलो साताभित्रै महाधिवेशन गर्नुपर्ने पक्षमा छ । 

अनेरास्ववियुको बैठकमा बहुमत उपाध्यक्ष, सचिवहरूलगायतले पहिले स्ववियु चुनाव गरी महाधिवेशनमा जाँदा राम्रो हुने सुझाव दिएका थिए । बैठकमा विवादका कारण निर्णयसमेत नभएको तर पछि फेसबुक पेजमा निर्णय गरी सूचना राखेको गुनासो छ । अखिलका अध्यक्ष, महासचिव पहिले महाधिवेशन गर्ने पक्षमा देखिएका छन् । तर, उपाध्यक्षहरू, सचिवहरूलगायत बहुमत नेताहरू पहिले स्ववियुलाई जीवन्त बनाएर चैत मसान्तभित्र संगठनको महाधिवेशन गर्नुपर्ने पक्षमा देखिएका छन् । 

अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको निर्णय फेसबुक पेजबाट सार्वजनिक भएपछि पदाधिकारीसमेत आश्चर्यमा परेका छन् । अनेरास्ववियु केन्द्रीय कार्यालयको फेसबुक पेजमा बुधबार राखेको सूचनामा भनिएको छ, ‘आज बसेको अनेरास्ववियु पदाधिकारीको बैठकको निर्णयबमोजिम २३औँ राष्ट्रिय महाधिवेशन २, ३ र ४ फागुनमा काठमाडौंमा सम्पन्न गर्ने निर्णय भएको छ । साथै, अधिवेशन नभएका कमिटीहरूको अधिवेशन १५ माघसम्म गरिसक्नुपर्ने निर्णय भएको छ । बैठकका अन्य निर्णयहरू सर्कुलरमार्फत पठाइनेछ ।’