मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७५ चैत २१ बिहीबार १७:२८:००
Read Time : < 1 मिनेट
प्रदेश

सानीभेरी गाउँपालिका जातीय छुवाछुत मुक्त घोषणा 

Read Time : < 1 मिनेट
२०७५ चैत २१ बिहीबार १७:२८:००

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकालाई जातीय छुवाछुत मुक्त घोषणा गरिएको छ । गाउँपालिकामा कुनैपनि खालको जातिय छुवाछुत नरहेको भन्दै कर्णाली प्रदेशका सामाजिक विकास समितिका सभापति राजु नेपालीले बिहीबार जातीय छुवाछुत मुक्त तथा सामाजिक सदभाव युक्त घोषणा गरिएको हो ।

छुवाछुत मुक्त घोषणा गर्दै गाउँपालिकाले १० वटा नीति तथा कार्यक्रम बनाउने प्रतिबद्धता जनाएको छ । गाउँपालिकामा सार्वजनिक धारा, कुवा तथा भौतिक संरचना प्रयोग र प्रवेशमा विभेद नरहेको, सवै जात जातिहरुको मन्दिरमा साझा पहुँच रहेको, जातीय कारणले छुवाछुत नरहेको, अन्तरजातीय विवाह सहज हुँदै गएको छ । 

कानुनले सामाजिक अपराधका रुपमा लिएको जातीय भेदभावलाई गाउँपालिकावासीले बुझ्दै गएको गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताए ।  

जातीय छुवाछुत अपराध कसुर सम्बन्धि कानुनलाई पूर्ण रुपमा लागु गर्ने, दलित र गैर दलितका बीचमा सदभाव कायम गर्न सामाजिक, साँस्कृतिक कार्यक्रमहरु बनाउने लगायतको काम गाउँपालिकाले अघि सार्ने प्रतिवद्धता जनाएको छ । 

सानीभेरी गाउँपालिका जातीय छुवाछुत मुक्त तेस्रो स्थानीय तह हो । यस अघि बाँफिकोट गाउँपालिका र चौरजहारी नगरपालिका जातीय छुवाछुत मुक्त घोषणा भइसकेका छन् ।