मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २८ बिहीबार १७:३३:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सानिमा बैंकको भिसा कार्ड प्रयोगकर्तालाई छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २८ बिहीबार १७:३३:००

सानिमा बैंकले सानिमा भिसा कार्ड प्रयोगकर्तालाई नेपालको विभिन्न मर्चेन्टहरूमा विशेष छुट उपलब्ध गराएको छ। 

ग्राहकहरूले सानिमा बैंकको भिसा कार्डमार्फत भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुटको लाभ लिन सक्नेछन्। काठमाडौं, ललितपुर, भैरहवा, वीरगन्ज, चितवन र पोखराको ३३२ मर्चेन्टहरूमा छुट उपलब्ध हुनेछ। 

साथै, सहकार्य भएका मर्चेन्टहरूको विवरण, छुटको विवरण र छुट अवधि बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटिएम सञ्चालनमा छन्। साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट होटेल, रेस्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था छ।