मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ चैत २१ बिहीबार १६:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

एसईई प्रश्नपत्र आउट गर्ने दुई प्रहरीसहित ६ पक्राउ

Read Time : < 1 मिनेट
२०७५ चैत २१ बिहीबार १६:५४:००

एसईई परीक्षा अन्र्तगत प्रदेश २ मा भएको प्रश्नपत्र आउट प्रकरणमा प्रहरीकै संलग्नता रहेको पुष्टि भएको छ । सिरहाको इलाका प्रहरी कार्यालयमा कार्यरत दुई प्रहरीसहित ६ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवि) का प्रमुख प्रहरी नायव महानिरीक्षक नीरजबहादुर शाहीले १४ र १५ गतेका दुवै प्रश्नपत्र सप्तरी निवासी प्रहरी जवान व्रम्हदेव सुनरैत यादवले आउट गरेको बताए ।

एकै ठाउँमा घर भएका तथा सँगै कार्यरत प्रहरी जवान दिपेन्द्रकुमार मण्डललाई परीक्षमा सहयोग गर्न प्रश्नपत्र निकालिएको यादवले बताएका छन् । सोही प्रश्नपत्र उनले राजविराज १० स्थित दाजु विष्णुदेव यादवलाई पठाएको र एकबाट अर्को गर्दा गर्दै सामाजिक सञ्जालमा पुगेको हो ।

घटनामा अन्य कसैको पनि संलग्नता हालसम्म नदेखिएको शाहीले स्पष्ट पारे । पक्राउ परेका दुवै प्रहरी मध्ये २२ वर्षीय व्रम्हदेव सप्तरीको राजविराज नगरपालिका १० र दिपेन्द्र राजविराज नगरपालिका ६ का हुन् ।

विष्णुदेवले मनोज यादव, मनोजले राजेश यादव र राजेशबाट उमेश यादव हुँदै प्रश्नपत्र विद्यार्थी र समाजिक सञ्चालनमा पुगेको शाहीले वताए । अन्य विषयको प्रश्न पत्रको डिजिटल फरेन्सिक ल्यावको रिपोर्ट आएपछि पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले करिब ३० जनालाई पक्राउ गरेकोमा सबैलाई तत्कालै छोडेको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए ।