मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २७ बुधबार २०:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालस्थित अमेरिकी राजदूत भन्छन्- प्रचण्ड सरकारसँग काम गर्न अमेरिका इच्छुक छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २७ बुधबार २०:३९:००

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले नयाँ सरकारसँग अमेरिका काम गर्न इच्छुक रहेको बताएका छन् । 

कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसँग राजदूतनिवास बालुवाटारमा बुधबार आयोजित अन्तर्क्रियामा राजदूत थम्प्सनले भने, ‘भविष्यमा दुई मुलुकबीच उच्चस्तरीय भ्रमणको लागि मेरातर्फबाट पहल हुनेछ।’ 

उनले प्रजातान्त्रिक प्रक्रियाबाट बनेको सरकारसँग काम गर्न अमेरिका तत्पर रहेको बताए। उनले भने, ‘हिजो मात्र प्रधानमन्त्री प्रचण्डले भारी विश्वासको मत पाउनुभएको छ। म बधाई भन्न चाहन्छु। साथै, अमेरिका प्रजातान्त्रिक प्रक्रियाबाट बनेको सरकारसँग काम गर्न तत्पर रहेको पनि स्पष्ट पार्न चाहन्छु।’

उनले आफ्नो कार्यकालको प्रमुख प्राथमिकता नेपालसँगको द्विपक्षीय सम्बन्धलाई थप जोड दिनु, नेपाली जनस्तरसम्म सम्बन्ध विस्तार गर्नु र लोकतन्त्रको प्रवर्द्धनमा सघाउनु रहेको पनि बताए। 

‘अमेरिका र नेपालबीच ७५ वर्षभन्दा लामो कूटनीतिक सम्बन्ध छ। यसमा दुई मुलुकबीचको सम्बन्धलाई थप मजबुत पार्ने मेरो प्राथमिकता हुनेछ,’ उनले थपे।