मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रमेश रावल सुर्खेत
२०७९ पौष २७ बुधबार १६:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णालीकाे नेतृत्व एमाले-माओवादीले आलाेपालाे गर्ने सहमति 

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७९ पौष २७ बुधबार १६:४१:००

कर्णाली प्रदेश सरकारको नेतृत्व आधा–आधा कार्यकाल नेतृत्व गर्ने सहमति भएको छ। केन्द्रमा पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने भनेर सहमति भए पनि कर्णालीमा उक्त सहमति उल्टिएको हो।

कर्णालीमा सुरुमा नेकपा माओवादीका संसदीय दलका नेता राजकुमार शर्मा साढे दुई वर्षका लागि मुख्यमन्त्री बन्नेछन् भने त्यसपछिको साढे दुई वर्ष एमाले संसदीय दलका नेता यामलाल कँडेलले नेतृत्व गर्नेछन्।

अन्ततः झन्डै सात वर्षपछि नेता कँडेलको मुख्यमन्त्री बन्ने सपना पूरा हुने निश्चित भएको छ। यो सहमतिसँगै दुवै दलका नेताहरू प्रदेशप्रमुखको कार्यालयमा जाने तयारीमा लागेका छन्। आजै प्रदेशप्रमुखसामु शर्माले मुख्यमन्त्रीको दाबी पेस गर्नेछन्।

मन्त्रालयको संख्या आठबाट सात पुग्यो, यस्तो छ भागबन्डा 

यसअघि आठ मन्त्रालय रहेको कर्णाली प्रदेशमा राजकुमार शर्मा नेतृत्वमा बन्ने सरकारले सात मन्त्रालय मात्रै बनाउने भएको छ। माओवादी र एमालेका कर्णाली प्रदेशका शीर्ष नेताहरूको सहमतिअनुसार अब कर्णालीमा सातवटा मात्रै मन्त्रालय रहने भएका हुन् । यसअघि आठ मन्त्रालय थिए।

यस्तै, एमालेबाट पनि तीनजना मन्त्री सरकारमा सहभागी हुने सहमति भएको एमाले प्रदेश उपसचिव टेकराज पछाईले जानकारी दिए। साढे दुई वर्षपछि एमाले संसदीय दलका नेता यामलाल कँडेल बन्दा माओवादी र एमालेबाट तीन–तीनजना मन्त्री सहभागी हुने र मुख्यमन्त्रीलाई साझा बनाइने स्रोतको दाबी छ।