मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २६ मंगलबार २३:०३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अन्तर्राष्ट्रिय भलिबल रेफ्री चौलागाईं सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २६ मंगलबार २३:०३:००

अन्तर्राष्ट्रिय भलिबल रेफ्री पूर्ण चौलागाईं सम्मानित भएका छन् । 

रारा राष्ट्रिय म्यूजिक अवार्डका अवसरमा आयोजक कर्णाली कलाकार समाजले नेपाली गीत, संगीत, कला र संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्न आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदानका लागि चौलागाईंलाई सम्मान गरेको हो । 

रारा राष्ट्रिय म्यूजिक अवार्डको उद्घाटनका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले   अन्तर्राष्ट्रिय भलिबल रेफ्री चौलागाईंलाई सम्मान पत्र प्रदान गरेकी थिइन् । 

कर्णाली कलाकार समाजका अध्यक्ष पदमबहादुर रोकायाले कर्णालीका विविध कला संस्कृति संरक्षणमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको बताए । 

उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले कर्णालीसहित देशकै कला संस्कृति जर्गेना र प्रवद्र्धन गर्न राज्यले ध्यान दिनुपर्ने बताएकी थिइन् ।