Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २६ मंगलबार १०:३३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल लाइफको एमडिआरटी अचिभर्स अवार्ड, २०२३ वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २६ मंगलबार १०:३३:००

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एमडिआरटी अचिभर्स अवार्ड, २०२३ कार्यक्रममा एमडिआरटीका लागि योग्य दुई सय ४३ जनालाई सम्मान गरेको छ । कम्पनीले वर्ष सकिएको सात दिनभित्रै सन् २०२२ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म ३७ लाख ९२ हजार तीन सय रुपैयाँ प्रथम बिमा शुल्क संकलन गरी एमडिआरटीका लागि योग्य भएकालाई सम्मान गरेको हो । 

कार्यक्रममा देशबाहिर रहेका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भर्चुअल माध्यमबाट सम्बोधन गरेको जनाइएको छ । आफ्नो भिडियो सन्देशमा प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्ताहरू कम्पनीको मेरुदण्ड भएको भन्दै सम्मानित अभिकर्तालाई बधाई दिएका थिए । अभिकर्ताको मिहिनेत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो । उनीहरूको चौतर्फी विकासका निम्ति कम्पनी निकै नै संवेदनशील रहेको उनले बताए । 

कार्यक्रमको उद्घाटन गर्दै नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले उद्घाटन गरेका थिए । कार्यक्रममा अर्का नायब महाप्रबन्धक उमापति पोखरेलले कम्पनीको आगामी रणनीतिबारे प्रकाश पारेका थिए । कार्यक्रममा नेपालका आठ हजार मिटरभन्दा अग्ला सबै शिखर आरोहण गर्ने पहिलो महिला बनेर कीर्तिमान कायम गरेकी पूर्णिमा श्रेष्ठलाई विशिष्ट अतिथिको आशनग्रहण गराइएको थियो । श्रेष्ठले मान्छेले प्रगति गर्नका निम्ति आफूसँगै प्रतिस्पर्धा गर्नुपर्ने र आफ्नो सीप विकासमा सदैव दत्तचित्त भएर लाग्नुपर्ने बताइन् ।