मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २६ मंगलबार ०८:४५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सात महिनापछि सेयर बजार २२ सयमाथि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २६ मंगलबार ०८:४५:००

सात महिनापछि सेयर बजार २२ सय बिन्दु पार गरेको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ४७ दशमलव १५ अर्थात् दुई दशमलव १८ प्रतिशतले बढेर दुई हजार दुई सय ११ दशमलव ७६ को बिन्दुमा पुगेको छ । यसअघि १३ जेठमा नेप्से सूचक दुई हजार दुई सय २३ दशमलव ७८ बिन्दुमा पुगेको थियो । सोमबार जलविद्युत् समूहको सेयर मूल्यमा आएको उछालसँगै नेप्से सो बिन्दुमा पुगेको हो ।

सोमबार एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रलाई गतिशील बनाउन वित्तीय, औद्योगिक र मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने बताएका थिए । अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए । सोही कार्यक्रममा प्रधानमन्त्रीले अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई पनि समन्वयकारी भूमिका निभाउन निर्देशनसमेत दिएका थिए । यसले बजारको मनोबल सुरुवातदेखि नै बलियो  बनाउनका लागि भूमिका खेलेको थियो ।

निर्वाचनअघिबाटै निरन्तर घटेको बजार नयाँ सरकार बनेयता निकै उत्साहित बनेको छ । निजी क्षेत्रका मुख्य समस्यालाई सहजीकरण गरेपछि सेयर बजारको मनोबल बढेको लगानीकर्ता तथा नेपाल इन्भेस्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए ।