मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २५ सोमबार १८:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस राष्ट्रिय सहमतिको सरकार बनाउने पक्षमा छैन : प्रदीप पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २५ सोमबार १८:०६:००

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले आफ्नो पार्टी राष्ट्रिय सहमतिको सरकार बनाउने पक्षमा नरहेको बताएका छन्।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा उनले संसदीय व्यवस्थामा सहमतिको सरकार भन्ने नै नहुने तर्क गरे। संसदमा बलियो प्रतिपक्ष आवश्यक रहेकाले आफ्नो पार्टीले प्रतिपक्षमै बसेर संसदमा भूमिका निर्वाह गर्नुपर्छ भन्ने पक्षमा आफूले वकालत गरिरहेको सांसद पौडेलले स्पष्ट पारे।

‘प्रतिपक्षको भूमिका हाम्रा लागि अवसर हो। त्यसैले यो अवसरलाई जतिसक्दो प्रभावकारी ढंगबाट हामीले उपयोग गर्न सक्नुपर्दछ। तमाम बेथितिका विरुद्ध हामीले संसदमा आवाजलाई बुलन्द गर्न सक्नुपर्दछ,’ उनले भने।

कांग्रेसले सरकारलाई विश्वासको मत दिने–नदिने निर्णय गर्न मंगलबार बिहान पार्टी संसदीय दलको बैठक बोलाएको छ। त्यसमा आफूले विश्वासको मत नदिने पक्षमा मत राख्ने सांसद पौडेलको भनाइ थियो।