मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २५ सोमबार १५:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यो देशमा गणतन्त्र नौलो व्यवस्था होइन : सिके राउत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २५ सोमबार १५:०७:००

जनमत पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता चन्द्रकान्त (सिके) राउतले लोकतन्त्रको रक्षा गर्न जनमत पार्टी हरहमेसा प्रतिबद्ध रहने बताएका छन् । 

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यही व्यवस्थाकै कारण आफू र आफ्नो पार्टी अहिले संसदमा उपस्थित हुन सकेको बताए । 

उनले नेपाल बहुसांस्कृतिक, बहुधार्मिक, बहुराष्ट्रिय देश भएको भन्दै त्यसको प्रत्याभूमिका लागि संघीयता अनिवार्य रहेको बताए । उनले संविधानको सबलीकरणमा सरकारले उपयुक्त प्रभावकारी काम गर्नेछ भन्नेमा विश्वास व्यक्त गरे । 

यो देशमा गणतान्त्रिक व्यवस्था सर्वथा नौलो नभएको बताउँदै उनले इसापूर्व छैटाैँ, सातौँ शताब्दीमा पनि यो भूगोलमा गणतन्त्र रहेको चर्चा गरे । 

‘यो नौलो व्यवस्था होइन, हिजो पनि थियो । तर, खोसिएको थियो । अहिले जनताको बलमा हामीले पुनर्स्थापना गरेका छौँ,’ उनले थपे, ‘अहिले देशको सर्वोच्च पदमा जनताका छोराछोरी आसीन भएका छन् । यो व्यवस्थाको संवर्द्धन गर्न जनमत पार्टी प्रतिबद्ध रहनेछ ।’ 

उनले निर्वाचन लोकतन्त्रको अर्को सुन्दर पक्ष भएको पनि चर्चा गरे । ‘निर्वाचनका वेला धनाढ्य, सामन्तहरू पनि प्रत्येक जनताको झुपडीमा पुगेर उसका अगाडि नतमस्तक हुन्छन्,’ उनले भने, ‘यो लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष हो । यही व्यवस्थाका कारण हामीजस्ता नयाँ पार्टीहरू आउन पाएका छौँ ।’