मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २४ आइतबार १९:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मिडिया एक्सन नेपालद्वारा प्रेस अवार्ड स्थापना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २४ आइतबार १९:४३:००

नेपालमा अभिव्यक्ति स्वतन्त्रता र सञ्चार विकासका लागि विगत आठ वर्षदेखि क्रियाशील संस्था मिडिया एक्सन नेपालले पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार शिक्षाका क्षेत्रमा काम गर्दै आएका विभिन्न विशिष्ट व्यक्तिहरूको योगदानको कदर गर्दै तीनवटा प्रेस पुरस्कार स्थापना गरेको छ।

‘मिडिया एक्सन नेपाल–प्रेस अवार्डस्’ नामका यी पुरस्कार मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्यसमेत रहेको मिडिया एक्सन नेपालले पत्रकारिता, मिडिया शिक्षा तथा प्रशिक्षण, सञ्चार विकास र प्रेस अधिकारको संरक्षणका लागि सक्रिय व्यक्तित्वहरूलाई सम्मान गर्न स्थापना गरेको हो। 

यी पुरस्कार हरेक वर्ष मिडिया एक्सन नेपालको स्थापना दिवस अर्थात् डिसेम्बर २१ का दिन पत्रकारिता, प्रेस स्वतन्त्रता र मिडिया शिक्षा गरी तीन विधामा प्रदान गरिनेछ। हरेक विधामा पुरस्कारका साथ रु. २५,००० को नगद राशि र प्रशंसापत्र पनि प्रदान गरिने संस्थाले जनाएको छ। 

मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तका अनुसार यी पुरस्कार नेपालमा स्वतन्त्र र जिम्मेवार मिडियाको विकासका लागि प्रोत्साहन स्वरूप प्रदान गरिन लागेको हो।

सन् २०२३ मा भने पुरस्कार प्रदानको पहिलो वर्ष भएकोले, मिडिया एक्सन नेपालले  तीनै विधालाई समावेश गरी एकल पुरस्कार प्रदान गर्नेछ।

मिडिया एक्सन नेपालले यस वर्षको पुरस्कार वरिष्ठ अधिवक्ता तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष बोर्णबहादुर कार्कीलाई प्रदान गर्ने निर्णय गरेको छ। कार्की विगत लामो समयदेखि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आवाज उठाउँदै आइरहेका छन्।

सन् २०१५ मा स्थापना भएको मिडिया एक्सन नेपालले राष्ट्रिय–अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग सहकार्य गरी अनुसन्धान, संवाद, वकालत, प्रकाशन तथा अभिलेखीकरण र पत्रकारहरूको क्षमता अभिवृद्धिमार्फत स्वतन्त्र र जिम्मेवार प्रेस निर्माणमा अग्रगामी भूमिका खेल्दै आएको छ।