मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ पौष २४ आइतबार ११:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चिसो बढेपछि बाँकेका विद्यालय बन्द

Read Time : < 1 मिनेट
२०७९ पौष २४ आइतबार ११:१२:००

अत्यधिक चिसो बढेपछि बाँकेका अधिकांश विद्यालयको पठनपाठन बन्द गरिएको छ। डुडुवा गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्था २४–२९ पुससम्म बन्द गरिएको गाउँपालिकाले जनाएको छ।

केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या आउन सक्ने र विद्यालयमा पठनपाठन प्रक्रियामा असहज वातावरण भएपछि आइतबारदेखि ६ दिनका लागि शैक्षिक संस्था बन्द गरिएको शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्णले बताए। ‘गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालय, मदरसा, गुरुकुल र बाल विकास तथा संस्थागत विद्यालय ६ दिनका लागि बन्द गरिएको छ,’ शिक्षा शाखा प्रमुख कर्णले जारी गरेको सूचनामा उल्लेख छ।

सामुदायिक विद्यालयमा जारी परीक्षासमेत स्थगित गरिएको छ। बाँकी विषयका परीक्षा विद्यालय खुलेपछि सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ।

यसैबीच, नेपालगन्ज उपमहानगरपालिकाभित्रका विद्यालय पनि बन्द भएका छन्। २४–२८ पुससम्म नेपालगन्जका विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए। उनले १–३ सम्मको कक्षा २८ पुससम्म र त्यसभन्दा माथिका कक्षा पुस २७ सम्म बन्द गरिएको जानकारी दिए।