मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ पौष २२ शुक्रबार १०:३७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

रौतहटमा दुई सुन पसलमा चोरी

Read Time : < 1 मिनेट
२०७९ पौष २२ शुक्रबार १०:३७:००

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको दुईवटा सुन पसलमा चोरी भएको छ । चन्द्रनिगाहपुरको मुख्य चोकमा रहेको गढीमाई सुनचाँदी पसल र बजारमा रहेको प्रज्वल सुनचाँदी पसलमा चोरी भएको हो ।

गएराति चोरहरूले दुवै सुन पसलको सटर फोरेर पसलमा रहेको सुन र चाँदीका गहना चोरेर लगेका हुन् । दुवै पसलबाट कति परिमाणमा सुन–चाँदी चोरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तुप्रसाद जयसवारले जानकारी दिए ।

दुवै पसलबाट करिब १२ लाखबराबरको सुन र चाँदीका गहना चोरी भएको अनुमान गरिएको छ ।