मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ पौष २१ बिहीबार २३:१२:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अनुप स्मृति गोल्डकपको फाइनलमा नेर्पा र दिक्तेल भिड्ने

Read Time : < 1 मिनेट
२०७९ पौष २१ बिहीबार २३:१२:००

दिक्तेलमा जारी ‘अनुप स्मृति आमन्त्रित गोल्डकप’को तेस्रो संस्करणको उपाधिका लागि नेर्पा स्पोर्टस क्लब र आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी) भिड्ने भएका छन् । 

माटिकोरे खेलमैदानमा बिहीबार भएको सेमिफाइनलमा चियाबारी फुटबल क्लब इलामलाई हराउँदै नेर्पा र मानेभञ्ज्याङ स्पोर्टस क्लब ओखलढुंगालाई हराउँदै डिएफसी फाइनलमा पुगेका हुन् । 

नेर्पाले इलामलाई ६–२ तथा डिएफसीले ओखलढुंगालाई पेनाल्टी सुटआउटमा हरायो । नेर्पाकातर्फबाट साइमन लिम्बू र बिकी राईले दुई–दुई तथा सुदीप श्रेष्ठ र बिजु भुजेलले एक–एक गोल गरे । इलामकोतर्फबाट सञ्जय रम्तेलले दुई गोल गरे । 

अर्को सेमिफाइनलमा निर्धारित समयमा दुवैतर्फबाट एक–एक गोल भएपछि खेल अतिरिक्त समयमा गएको थियो । डिएफसीका मनिष लिम्बू र ओखलढुंगाका मनकृष्ण राईले गोल गरे । थपिएको समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट नतिजा आएको हो । 

नेर्पा र डिएफसीबीचको फाइनल खेल शनिबार बिहान ११ बजेबाट सुरु हुने खेल संयोजक युधीर शाक्यले जानकारी दिए । नेर्पा डिफेन्डिङ च्याम्पियन हो । 

माउन्ट एभरेष्ट इङ्ग्लिस बोर्डिङ स्कूल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी (केएफए)को सह–आयोजनामा भइरहेको गोल्डकपका विजेताले नगद दुई लाख ५१ हजारको साथमा गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मूल आयोजक समितिका संयोजक सागर जोशीले जानकारी दिए । प्रतियोगिताका उपविजेताले नगद एक लाख ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।