Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष २१ बिहीबार १०:५२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बच्चालाई दण्ड होइन प्रेरणा दिनुस्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष २१ बिहीबार १०:५२:००

बालमनोविज्ञान सबैले जान्नैपर्ने हुन्छ । किनकि, बालबालिका भनेका काँचो माटोजस्तै हुन् । उनीहरूलार्ई कस्तो आकार दिने वा भविष्यमा कस्तो बनाउने भन्ने बुझ्न पहिले उनीहरूको मनोविज्ञान बुझ्नुपर्छ । बालबालिकामा आउने परिवर्तन निकै रोचक हुन्छ । उनीहरूमा दिनप्रतिदिन शारीरिक, बौद्धिक परिवर्तन हुँदै जान्छ । यससँगै व्यवहार पनि परिवर्तन हुँदै जान्छ । त्यसैले उनीहरूको चाहना बुझेर अभिभावकले सधैँ राम्रा कुराका लागि हौसला र प्रेरणा दिनुपर्छ । 

सुनीतामाया गुरुङ,  बालमनोविज्ञ रसुवा जिल्ला अस्पताल

अभिभावकले बुझ्नुपर्ने 
सबै बच्चा एउटै गुण लिएर जन्मिएका हुँदैनन् । सबैमा उस्तै क्षमता र बुद्धि पनि हुँदैन । तर, हरेक बालबालिकामा एउटा क्षमता भने पक्कै हुन्छ । त्यो पत्ता लगाएर उनीहरूको क्षमता अभिवृद्धिमा जोड दिनुपर्छ । उनीहरूका इच्छा पूरा गर्न अभिभावकले सहयोग गर्नुपर्दछ । बालबालिकाको भावना र उनीहरूको इच्छा चाहना बुझेर सही मार्गदर्शन दिनुपर्छ । 

शिक्षकले बुझ्नुपर्ने 
 बालबालिकाहरू फरक खालका परिवेश, रहनसहनमा हुर्किएका हुन्छन् । त्यसैले विद्यालय जाँदा सुरुमा उनीहरूलाई फरक वातावरणमा घुलमिल हुन अप्ठ्यारो पर्न सक्छ । शिक्षकले कस्तो परिवारबाट आएको हो भनेर बुझ्न जरुरी हुन्छ । यसरी नै अध्ययनपश्चात् उनीहरूसँग व्यवहार गर्नुपर्छ । विद्यालयमा होस् वा घरमा, बालबालिकालाई अरूसँग दाँज्नु हँुदैन । 

नम्र भएर सम्झाउनुस् 
बालबालिकाले गलत गरेको वेला कुट्ने, पिट्ने दण्ड दिएर होइन, नरम र सरल भाषामा सम्झाउने गर्नुपर्छ । राम्रो काम गरेको वेला स्याबासी र हौसला दिने गर्नुपर्छ । बालबालिकाको इच्छा चाहनाअनुसार व्यवहार गर्नुपर्छ । कसैलाई गीत गाउने, नाच्ने इच्छा चाहना हुन्छ । कसैलाई गेम खेल्ने चाहना होला । कसैलाई भविष्यमा डाक्टर, पाइलट, इन्जिनियर इत्यादि बन्ने चाहना हुन्छ । उनीहरूका इच्छा र चाहना बुझेर सहयोग गर्नुपर्छ । 

मनोविज्ञान नबुझ्दा के हुन्छ ?
बालबालिकाको स्वभाव निकै चञ्चले हुन्छ । राम्रा र नराम्रा दुवै कुरा छिटो टिप्ने हुन्छ । त्यसैले अभिभावकले गलत र सही कुराको पहिचान गराउँदै लानुपर्छ । परिवारमा झैझगडा भइरहने हो भने पछि गएर त्यसको समस्या बालबालिकामा देखिन सक्छ । बालबालिकाहरू किशोर अवस्थामा पुग्दा उनीहरूको व्यवहार पनि परिवर्तन हुँदै जान्छ । आफ्नो पहिचान विकास गर्दै लैजान्छन् । यतिवेला उनीहरूलाई अभिभावक र शिक्षकको मागदर्शन र सहयोगको अझै धेरै खाँचो हुन्छ । उनीहरूसँग मित्रवत् रूपमा प्रस्तुत हुने, उनीहरूले बोलेका कुरालाई महत्व दिने, सकारात्मक काममा प्रेरित गर्ने, अन्तक्र्रिया गर्ने, खेल्ने, आवश्यकताभन्दा धेरै आलोचना नगर्नेलगायत कुरा ख्याल गर्नुपर्छ ।

अभिभावकले मनोविज्ञान बुझ्न नसक्दा धेरै बालबालिका विभिन्न रोगको सिकार बन्न पुगेका छन् । उनीहरू मानसिक समस्यामा पर्न सक्छन् । कुनै चाहना पूरा भएको छैन भने व्यवहारबाट देखाउने गर्दछन् । जस्तै– झर्किने, फन्किने, तोडफोड गर्ने, डाहा, ईष्र्या गर्ने, विद्रोह गर्ने, नपढ्ने, ओछ्यानमा पिसाब गर्ने, निद्रामा बरबराउने, पेट दुख्यो भन्ने, टाउको दुख्यो भन्ने, रुने गर्छन् । यस्तो अवस्थामा पहिले उनीहरूको मनोभावना बुझ्नुपर्छ । त्यसपछि राम्रोसँग सम्झाएर समाधान निकाल्न सकिन्छ ।