मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी नेपिट
२०७९ पौष २१ बिहीबार १०:०९:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

सात हजार बन्दीलाई आममाफीको घोषणा  

Read Time : < 1 मिनेट
एजेन्सी, नेपिट
२०७९ पौष २१ बिहीबार १०:०९:००

 म्यानमारको जुन्ता सरकारले बुधबार मनाइएको स्वतन्त्रता दिवसमा सात हजार १२ बन्दीलाई आममाफी दिने घोषणा गरेको छ । त्यहाँको सैनिक सरकारले केही समय पहिले प्रजातान्त्रिक नेतृ आङ सान सुचीको जेल सजायलाई बढाएर ३३ वर्ष पुर्‍याएको थियो ।

कुमार्फत सेनाले सत्ताकब्जा गरेपछि दक्षिणपूर्वी एसियाली मुलुक म्यानमारमा सेना र विद्रोहीबीच द्वन्द्व जारी छ । बन्द अदालतबाट चलेको न्याय निरुपणको शृंखलासँगै सैनिक सरकारले यो वर्षको अन्त्यमा नयाँ चुनावको तयारी गरिरहेको छ ।

बेलायतबाट स्वतन्त्र भएको ७५ वर्ष पुगेको अवसरमा बुधवार ‘ट्यांक, मिसाइल लन्चर र सशस्त्र वाहन राजधानी नेपिटको ‘परेड ग्राउन्ड’ मा प्रदर्शन गरिएको थियो । परेडमा निजामती कर्मचारी र माध्यमिक विद्यालयका विद्यार्थीलाई सेनासँगै सरिक गराइएको थियो ।