मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २० बुधबार ०८:२६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मेलम्चीको पानी वितरणमा दोस्रो सञ्जाल निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २० बुधबार ०८:२६:००

मेलम्चीको पानी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले दोस्रो चरणमा सात सय ९६ किमि वितरण सञ्जाल निर्माण गरिरहेको छ ।

बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको सात सय ९६ किमि वितरण सञ्जालमध्ये चार सय २७ किमिको काम सकिएको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार श्रेष्ठले बताए ।

बाँकी काम पनि चालू आर्थिक वर्षको अन्त्यसम्म सकिने उनको भनाइ छ । वितरण सञ्जालमा चारवटा निर्माण कम्पनीले काम गरिरहेका छन् ।