१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २० बुधबार ०६:२५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विकास खर्च बढाउन परिसंघको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २० बुधबार ०६:२५:००

विकास खर्च बढाउन विशेष पहल गर्न नवनियुक्त उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई नेपाल उद्योग परिसंघले आग्रह गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालको नेतृत्वमा गएको एक टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री श्रेष्ठलाई विकास खर्च बढाउन आग्रह गरेका हुन् ।

पूर्वाधारमा कम लगानी भएको, विकास खर्च कम हुँदा समग्र पूर्वाधार उद्योगमा सुस्तता आएको अध्यक्ष अग्रवालले जानकारी दिए । पूर्वाधार क्षेत्रमा सुस्तता आउँदा निर्माण व्यवसायीसहित निर्माणसँग सम्बन्धित सबै क्षेत्रमा मन्दी आएको उनले बताए ।

त्यस्तै, अध्यक्ष अग्रवालले निर्माण व्यवसायीको बक्यौता रकम छिटो भुक्तानी दिन अर्थ मन्त्रालयसँग समन्वय गर्न, बजेट छुट्याएर विकास परियोजना छिटो सम्पन्न गर्नेतर्फ पहल गर्न पनि आग्रह गरेका छन् । उनले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको अवधारणा उपप्रधानमन्त्री श्रेष्ठसमक्ष पेस गरेका छन् ।   

छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि परिसंघको सुझाव महŒवपूर्ण रहेको बताए । उनले भने, ‘जहाँ समस्या छन्, समाधान गर्ने । जहाँ कमजोरी छन्, त्यसलाई सच्याउने, जहाँ छुट दिनै नसकिनेछ, त्यहाँ आवश्यक इन्टरभेन्सन गर्ने प्रक्रियामा अगाडि बढ्नेछौँ ।’